तरकारी खेतीमा रमाउँदै थारु महिला

२०७९ पुष ११ गते प्रकाशित

दाङ – तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत्आ त्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकी छन । उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहेकी छन् । “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर(घर पुग्छु”, उनले भनिन््, “गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै रु डेढ लाखसम्म आम्दानी गरेँ ।”

विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उनि व्यावसायिक तरकारीमा लागेकी हुन । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहेकी छन । वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आएकी उनले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्नुहुन्छ । धनियाँ बेचेर भएको आम्दानीबाट उनले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल भएकी छन् । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उनले बताइन ।

उनि मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बनेकी छन् । उनले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गरे छन ।

उनि पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्छिन । “पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ”, उनले भनिन, “यसबाट वर्षमा रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उनले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताइन ।

सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आएकी छन । दिनभर तरकारीखेतीमा व्यस्त हुने उहाँ पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्छिन । उनले वार्षिकरुपमा रु साढे तीन लाखसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताइन ।

“तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ”, उनले भनिन् ।सामान्य लेखपढ गर्नुभएकी उनि व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताउछिन । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उनको जोड छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरपालिकाभित्र उत्पादन हुने सबै उत्पादनको उचित मूल्य, बजारीकरणका लागि आफूहरु लागेको जिकिर गरे । किसानले तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरेको भए पनि सबैलाई पायक नपरेकाले महिला किसानहरु बिहानै छिटुवा बोकेर बजार जानुपरेको बताए । उनले धम्कापुर गाउँलगायत उपमहानगरपालिकाका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबाट प्रोत्साहन गर्नका लागि कृषि कार्यक्रम सञ्चालन गरेको बताए ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …