काठमाडौँ– दूध र दूग्धक्षेत्रमा आवद्ध तीनवटा निकायले कच्चा दूधको मूल्यवृद्धिलाई किसानमुखी बनाइ अहिलेको अवस्थामा दूधको मूल्य बढाउनुपर्ने माग गरेका छन् । केन्द्रीय दूग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एशोसिएसन र दूग्ध विकास संस्थान(डीडीसी) ले सामुहिक निर्णय गर्दै कच्चा दूधको मूल्यवृद्धिका लागि सम्वन्धित निकाय दूग्ध विकास बोर्डलाई आग्रह गरेका हुन् ।
दूध उत्पादन बढी हुने सिजनमा पनि बजारमा दूधको अभाव हुन थाल्नु मूल्य वृद्धि नभएकै कारणले बिषम परिस्थिति सिर्जना भएको जनाइएको छ । कतिपय निजी डेरी उद्योगले मनोमानी रुपमा कच्चा दूधको मूल्य बढाएर किसानको लागत मूल्य सम्बोधन गरेकोप्रति तीनवटै निकायले ध्यानाकर्षण भएको जनाएका छन् । गत २०७९ पौष ३ मा संघ २८ औं साधारण सभाबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका संघ संस्थाका प्रतिनिधिहरुबाट दुधको मूल्य अविलम्ब बृद्धि गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि कतिपय निजी डेरी उद्योगीले एकलौटी ढंगले किसानको उत्पादन लागत मूल्य समेत ख्याल नगरी दूधको मूल्यवृद्धि गरेकोप्रति संघले पनि आपत्ति जनाएको छ । तर, संघसँगै डेरी एशोसिएन र डीडीसीले पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक बृद्धि हुनु कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु, पशुवस्तु अनुत्पादक रहनु कृषकहरुले उद्योगबाट समयमा भुत्तानी नपाउनुको कारणले गर्दा हाल फ्लस सिजनमा पनि दूध उत्पादना ह्रास आइरहेको जनाएको छ । तसर्थ, दूधको मूल्यवृद्धिलाई किसानमूखी बनाई किसानको उत्पादन लागत मूल्य दिलाउनुपर्ने माग गरिएको छ ।
तीनवटै निकायको सामुहिक निर्णयमा भनिएको छ, ‘यस संघका सरोकारवाला निकाय केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान, नेपाल डेरी एशोसिएसनको समेत सम्वन्वयन भई सामुहिक निर्णय गरि दूधको मूल्य बृद्धिलाई किसानमूखी बनाई संस्थागत निर्णय गरि दूधको मूल्य बृद्धि गर्नुपर्ने भएको हुँदा कुनै डेरी उद्योगीले मनोमानी कृषक मूल्य बृद्धिको नाममा उपभोक्ता मूल्य बढाएकोमा तपशिलका हामी संघ संस्थाहरुको संस्थागत मूल्य बृद्धि गर्ने कार्यको विश्लेषण गर्दै सरोकारवाला निकायको निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत यथासिघ्र समय सापेक्ष मूल्य बृद्धि गराउन अनुरोध गर्दछौं ।’
संघले नेपालमा रहेका १८७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दूध संकलन गर्दै आएको छ । जसबाट औपचारीक क्षेत्रमा करीव दैनिक १० लाख लिटर दूध संकलन गरि ६ करोडको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पु¥याउँदै गरीव विपन्न किसानहरुको आयआर्जनमा टेवा पु¥याउने काम गर्दै आएको छ ।
