कृषि मन्त्रालयको आग्रहमा डेरी उद्योग संघले पनि स्थगन गर्यो दूधको मूल्य वृद्धि

२०७९ पुष २० गते प्रकाशित

काठमाडांैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवाला निकायको आग्रहमा डेरी उद्योग संघले पनि दूधको मूल्यवृद्धि गर्ने निर्णयलाई तत्काल स्थगन गर्ने जनाएको छ ।

संघले मंगलबार विज्ञप्ती जारी गर्दै पुस १६ गतेदेखि लागू भएको दूधको मूल्य वृद्धि तत्काल स्थगन गर्ने निर्णय गरेको हो । राष्ट्रिय दूग्ध विकास बोर्ड र दूग्ध उद्योका प्रतिनिधिको उपस्थितिमा हाललाई दूधको खरिद र बिक्रि दुवैको मूल्य वृद्धि स्थगित गर्ने निर्णय भएको हो ।

किसानको बढ्दो उत्पादन लागत, मुद्रास्फिर्ति, इन्धन, प्याकेजिङ सामाग्री, ज्याला ब्याजदरमा भएको वृद्धिलाई बिचार गरी जति सक्दो छिटो दूधको मूल्य समायोजन गर्न विज्ञ टोली गरी नयाँ दरभाउ कायम गर्ने गरी हाललाई वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिए ।