कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने प्रस्ताव

२०७९ पुष २९ गते प्रकाशित

काठमाडौँ– कृषि विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वकिृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।