काठमाडौं– “तपाई हाम्रो घर आँगनको बैंक” भत्रे नाराका साथ व्यवसाय वृद्धिमा अग्रसर रहेको कृषि विकास बैंक लिमिटेडले पछिल्लो समय सेवाग्राहीमा समर्पित आकर्षक योजना लिएर अघि बढेको छ ।
ग्रामीण अर्थतन्त्रलाई वित्तीय उपकरण तथा वित्तीय साधानसँग जोड्दै वित्तीय पहँुच पुर्याउने उद्देश्यले स्थापना भएको बैंकले ५५ औं वर्ष पूरा गरिसकेर ५६ वर्षमा लाग्दैछ । बैंकको वार्षिक साधारणसभा माघ महिनाभित्र गर्ने तयारी बैंकले गरेको छ ।
आर्थिक वर्ष २०६२/६३ मा ‘क’ वर्गको बैंकका रुपमा सञ्चालन भएर आएयता बैंकले कोर बैंकिङ सफ्टवेयर ल्याएर पूर्णबैंकिङ कारोबार गर्ने बैंकका रुपमा स्थापित बनेको छ ।
स्थापना भएको ५५ वर्ष पूरा गरे पनि बैंकको पूर्ण बैंकिङ कारोबारको इतिहास भने १६ वर्षमात्रै पुगेको छ । बैंकले माघ महिनाभित्र आफ्नो १६ औं वार्षिक साधारणसभा गरिसक्ने जनाएको छ । बैंकले १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरिसकेको छ । उक्त प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।
खासगरी, कृषि क्षेत्रमा एक तिहाई भन्दा बढी लगानी र पोर्टफोलियोसहित बैंकले अन्य आकर्षक सेवा र योजनाहरु अघि बढाइरहेको छ ।
बैंक स्रोत व्यवस्थापनका लागि कृषि ऋणपत्र जारी गरिसकेको छ । कृषिमा कर्जा लगानी गर्दा व्यवहारिक तथा दिगो भएन भनेर स्रोत व्यवस्थापनका लागि ५-६ वर्षदेखि ९/१० वर्षसम्मको ऋणपत्र बैंकले जारी गरेको छ । बैंकले १० वर्षसम्म एउटा लागतमा काम गर्न पाउँदा किसानले पनि सस्तोदरमा कृषि कर्जा उपयोग गर्न पाएका छन ।
बैंकले हरेक वर्ष कृषिमा लगानी बढाउन विभिन्न योजना तथा ‘स्कीम’ ल्याइरहेको छ । बैंकले कृषिक्षेत्रमा आवद्ध भएर केही गर्न चाहनेलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलव्ध गराउँदै आएको छ । बैंकले स्पष्ट व्यवसायिक योजना र कागजातहरु लिएर कोही कर्जा लिएर आउँछन् भने उनीहरुलाई सहजरुपमा कृषि कर्जा सहुलियत दरमा उपलब्ध गराउने गरेको छ ।
अन्य बैंकहरुले पनि कृषिमा लगानी गर्छन् । तर, कृषि विकास बैंकले भने अगुवाको काम गरेको छ । बैंकले विगतमा गरिवी निवारण कार्यक्रमअन्र्तगत साना किसानलाई समूह बनाएर बिना धितो कर्जा प्रवाह गरेको इतिहास छ ।
अहिले साना किसानलाई सहकारीमा रुपान्तरण गरेको छ । बैंकले कर्जाका नीति नियम बनाएको छ । त्यसमा रहेर कसैले कर्जाको माग गर्छ भने त्यसलाई बैंकले मूल्यांकन तथा अध्ययन गरेर कर्जा प्रवाह गर्ने गरेको छ ।
बैंकले वाणिज्य बैंकिङ कारोबारलाइ विस्तार गर्ने क्रममा विभिन्न किसिमका आधुनिक र प्रविधियुक्त बैंकिङ प्रोडक्टहरुको विकास र विस्तार गरेको छ । बैंकले कर्जाको पोर्टफोलियो संरचनालाई क्रमशः परिवर्तन गर्दै कर्पोरेट व्यवसाय र एसएमईमा कर्जालाई अधिकेन्द्रीत गर्दै जाने नीति लिएको छ । जसमध्ये मुख्यतः सहवित्तिकरण कर्जा(होटल/हाइड्रो/व्यापारीक कृषि फर्म/सिमेन्ट उत्पादन), पर्यटन, होटल, होमस्टे, मार्जिन लेण्डिङ,साना तथा मझौला व्यवसाय लगायतका विविध वाणिज्य क्षेत्रमा समेत बैंकले कर्जा प्रवाह गरेको छ ।
अत्याधुनिक र ग्राहकमैत्री गुणस्तरी बैंकिङ सेवा प्रदान गर्न सबै नेपालीको घरआँगनसम्म सहज बैंकिङ पहुँच भन्ने अभियानलाई तीव्रताका साथ अघि बढाउन आधुनिक बैंकिङका प्रडक्टहरु जस्तैः आइपीएस, कनेक्ट आइपीएस, भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ, ई–सेवा, फोन–पे, सीआस्बा, डिम्याट, फाइभ इन वान सेवा जस्ता आधुनिक इलेक्ट्रोनिक बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
बैंकको ‘नन फन्डेड बिजनेस’ तर्फ बैंक जमानतले पनि राम्रो हिस्सा ओगटेको छ । ट्रेजरी व्यवसायबाट आम्दानीको ठूलो अंश आर्जन गर्न बैंकले सफल भएको देखिन्छ । प्रतितपत्र सम्वन्धी कारोबारलाई समेत बैंकले विस्तार गर्दै लगेको छ ।
ग्राहकको सुविधालाई थप सहज र छरितो ढंगबाट सेवा उपलव्ध गराउन कोर बैंकिङ सिस्टम मा आवश्यक समायोजन गरिएको बैंकले जनाएको छ । अधिकांश शाखााहरुमा लकर सुविधा, एटीएम सुविधा, सिआस्बा, डिम्याट, रेमिटलगायतका अनलाइन बैंकिङ सेवा प्रदान हुँदै आएको छ । बैंकले सरकारी कारोबारको सेवा समेत प्रदान हुँदै आएको छ ।
बैंकमा सरकारको नै ५१ प्रतिशत लगानी छ । बैंकले सरकारको सहयोगमा सञ्चालनमा गरिरहेका विभिन्न कार्यक्रमलाइृ अझ प्रभावकारी रुपमा सञ्चालन गर्न र वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा आवद्ध गराउन सहुलियत कर्जा, क्षमता अभिवृद्धि एवं प्रविधि विकासका लागि सहकार्य गर्ने बैंकको योजना छ ।
कृषिको रुपान्तरणको लागि अनुदान सहयोगमा किसान कार्ड र किसान मोबाइल एप्समार्फत बैंकको डिजिटल वित्तिय सेवा विस्तार गरिसकेको छ । विदेशमा रहेको नेपाली नागरिक तथा जिको एकाघर परिवारका सदस्यका नाममा खाता खोल्न सकिने योजना बैंकले ल्याएको छ । विदेशबाट पनि अनलाइनमार्फत बैंकको खाता खोल्न सकिनेछ ।
बैंकले विदेशबाट पठाएको रकम आकर्षक ब्याजदरमा रेमिट्यान्स बचत खाता र एडीबीएल रेमिट्यान्स मुद्धती खातामा जम्मा गर्ने सुविधा उपलव्ध गराएको छ ।
पछिल्लो पटक सरकराले विदेशिएका नेपालीलाई प्राथमिक सेयर निष्कासन(आइपीओ)मा दश प्रतिशत सेयर आरक्षित गरेको छ । उक्त आइपीओको सेयर आवेदन दिँदा धितोपत्र खरिद दरखास्त सम्वन्धी कार्य अनुमति प्राप्त आस्वा बैंकको रुपमा पनि कृषि विकास बैंकले काम गर्दै आएको छ ।
बैंकले ल्याएको रेमिट्यान्स बचत खातामार्फत वैदेशिक रोजगारीमा गएका नेपालीले सेयर खरिद तथा बिक्रि गर्न सक्नेछन् । कृषि विकास बैंकले यी र यस्तै अन्य धेरै सेवाग्राहीमैत्री आकर्षक सुविधा समेत प्रदान गर्दै आएको छ ।