यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त

२०७९ माघ १ गते प्रकाशित

काठमाडौँं– पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । काठमाडौँबाट ६८ जना यात्रु लिएर उडेको विमान दुर्घटनामा परेको हो ।

पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सले जनाएको छ । क्याप्टेन कमल केसीले विमान उडाएका थिए ।

६८ यात्रुमध्ये ३ जना घाइते अवस्थामा उद्धार गरिएको छ । कति जना यात्रुको मृत्यु भएको बारे यकिन विवरण आउन बाँकी छ । तस्विरः पत्रकार विसन क्षेत्री

भरतपुर–कृषि क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र यान्त्रीकरणतर्फ उन्मुख गराउने उद्देश्यले नेपाल एग्रिटेक्स अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनको …