साढे २ महिनादेखि निमित्तकै भरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

२०७९ माघ ३ गते प्रकाशित

काठमाडौं– करिब साढे २ महिनादेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेतृत्वविहीन हुँदै आएको छ । गत कात्तिक २१ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएका हस्तबहादुर विष्टको बिदाइपछि अहिलेसम्म परियोजना निर्देशक पदपूर्ति हुन सकेको छैन् । विष्टको अवकाशपछि निमित्त परियोजना निर्देशकका रुपमा हिक्मतकुमार श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि परियोजना निर्देशकको पदपूर्ति गर्न कुनै चासो देखाएको छैन् । लामो समदेखि परियोजना निमित्तका भरमा रहँदा समेत तालुक मन्त्रालयले पदपूर्ति गर्न सकेको छैन् । परियोजना नेतृत्वविहीन हुँदा महत्वपूर्ण, नीतिगत र दीर्घकालीन निर्णय गर्न नसकिएको परियोजना एक कर्मचारीले बताए ।

कृषिक्षेत्रमा निकै महत्वपूर्ण र ठूलो परियोजनामा नेतृत्व कमजोर हुँदा समग्र कृषिको आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रीकरण गर्ने उद्धेश्य प्राप्त गर्न चुनौती हुने देखिन्छ ।