‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने कृषिमन्त्रीको पहिलाे निर्णय

२०७९ माघ ३ गते प्रकाशित

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने बताएकी छन् । मंगलबार मन्त्रालयमा पदवहाली गरेपछि उनले उक्त दशक घोषणा गर्ने बताइन् ।

कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छन् ।

पर्वत– जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको …