काठमाडौँ–कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सेवातर्फको सचिवमा डा. रेवतीरमण पौडेल बढुवा भएका छन । कृषि विभागका महानिर्देशक समेत रहेका पौडेललाई सरकारले पदोन्नति गर्दै मन्त्रालयको सचिवमा नियुक्त गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठताका आधारमा मन्त्रालयका सह(सचिवत्रयमा डा। रेवतीरमण पौडेल, राजेन्द्र मिश्र र यमप्रसाद पोखरेललाई सिफारिस गरेको थियो । कृषि मन्त्रालयमा दुई जना सचिव रहने व्यवस्था छ ।