किसानलाई जाने अनुदानमै अर्थले चलायो कैँची, ८ अर्ब ४५ करोड रकम कटौती

२०७९ फाल्गुन ११ गते प्रकाशित

काठमाडौं– सरकारले आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमअन्र्तगत किसानले पाउने अनुदान रकममा कटौती गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कार्यान्वयन गर्ने उक्त कार्यक्रम र बजेटमा अर्थ मन्त्रालयले कैँची चलाएको हो ।

कृषि विकास रणनीति अनुमगन तथा समन्वय कार्यक्रमबाट प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रममा सशर्त अनुदानका रुपमा वित्तिय हस्तान्तरण भएको ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ हाललाई रोक्का राखिएको व्यहोरा अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै पत्र काटेको हो ।

गत माघ २५ को मन्त्रिस्तरको निर्णयबाट कृषि उत्पादन कार्यक्रमको उक्त बजेट रोक्का गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हेर्नुस, अर्थ मन्त्रालयको पत्र