काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । आर्थिक वर्ष २०७९/८० का लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ । यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो । समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।