कृषि तथा पशुपन्छी विकास मन्त्रीमा बेदुराम भुसाल नियुक्त

२०७९ चैत्र १८ गते प्रकाशित

काठमाडौँं– कृषि तथा पशुपन्छी विकास मन्त्रीमा बेदुराम भुसाल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै नेकपा एकीकृत समाजबादीका महासचिवसमेत रहेका भुसाललाई कृषि मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नै कृषि मन्त्रालयको जिम्मेवारी समेत लिएको थिए ।

प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको सहमतिमा शुक्रबार १३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।