कृषि विभागको महानिर्देशकमा डा. हरिबहादुर केसी

२०७९ चैत्र २५ गते प्रकाशित

काठमाडौँ । कृषि विभागको महानिर्देशकमा डा. हरिबहादुर केसीको पदोन्नति भएको छ ।नेपा ल सरकारका सहसचिव डा. केसी यसअघि विभागको निमित्त महानिर्देशक थिए ।

विभागको उपमहानिर्देशक भई निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका केसी पदोन्नति भएर महानिर्देशक भएका हुन् । उनी त्यसअघि गण्डकी प्रदेशअन्तर्गतको कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिव पनि रहिसकेका छन् ।