काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको मंगलबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको उनले बताइन्।
उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्।