झोल दूध आयात गर्ने निर्णयप्रति केन्द्रीय दूग्ध सहकारी संघले जनायो आपत्ति

२०८० बैशाख २५ गते प्रकाशित

काठमाडौँ– केन्द्रीय दुग्ध सहकारी संघले झोल दूध आयात गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै दैनिक १,२०,००० (एक लाख बीस हजार) लिटर कच्चा दूध आयतका लागि बोर्डले तथ्यगत अध्ययन, विश्लेषण नगरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेकोप्रति संघले आपत्ति जनाएको हो ।

विदेशबाट कच्चा दूध आयात कारण दूधमा आत्मनिर्भर हुनुको सट्टा दूग्ध किसान पलायन हुने अवस्था आउने संघले जनाएको छ । निजी डेरी उद्योग र सहकारीमार्फत संकलन हुने नेपालकै दूध प्रशोधन गरी पाउडर बनाउन सकिने क्षमता रहेको संघले जनाएको छ ।

संघका अनुसार, नेपालमा हाल दैनिक ३ लाख लिटर धुलो दूध बनाउन सक्ने क्षमताका उद्योगहरु रहेका छन । उद्योगी र दुग्ध विकास संस्थानले किसानको दूधको भुक्तानी समयमै नगर्ने, दुर दराजको दूध नल्याउने, आनाकानी गर्ने अनि दूधको अभाव भयो भन्ने तथ्यहीन र भ्रामक समाचार छर्न उद्यत उद्योगीहरुलाई प्राथमिकता दिने राष्ट्रिय दुग्ध विकास बोर्डले किसानहरुको अभिभावकत्व भूमिका निर्वाह गर्नुपर्ने संघको माग छ ।

तर बोर्ड भने त्यसको विपरित कार्य प्रति उद्धत रहेको र त्यसको संघले ध्यानाकर्षण गरेको जनाएको छ । देशमै दूध प्रचुर मात्रामा उपलब्ध रहेको अवस्थामा पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याकांनुसार ४०५ औपचारीक क्षेत्रबाट र ६०५ अनौपचारीक क्षेत्रबाट विक्रि वितरण भएको दूधलाई व्यवस्थित गर्र्दै विदेशिने युवापंक्तिको समेत आकर्षण रहेको यो क्षेत्रलाई बाह्य मुलुकबाट कच्चा दूध तथा दुग्धजन्य ल्याइएको खण्डमा दुग्ध किसानहरु पलायन हुने निश्चत रहेको संघको दाबी छ ।

कच्चा दूध तथा दुग्धजन्य आयात खुलाउन दिन नहुने संघको मिति २०८० बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठबाट निर्णय समेत भएको थियो । संघले सोही मिति २०८० बैशाख ५ गते नै राष्ट्रिय दुग्ध विकास बोर्डलाई कच्चा दूध तथा दुग्धजन्य आयात रोक्न पत्र समेत पेश गरे पनि उक्त कार्यको कुनै सुनुवाई नभएको जनाइएको छ ।

‘विदेशबाट कच्चा दूध आयातका कारणबाट दूधमा आत्मनिर्भर हुनुको साटो यो पेशानै धारासाही हुने अवस्थाका कारण कृषकहरु पुन आन्दोलित हुनुपर्ने अवस्थालाई मध्य नजर गर्दै कच्चा दूध आयात अविलम्ब रोक्न देशभर रहेका दुग्ध सहकारी संघ÷संस्थाहरुबाट नेपाल सरकारलाई अनुरोध गरिन्छ ।’ संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

हाल नेपालमा संघअन्र्तगत १८७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दूध संकलन गर्दै आएको छ । औपचारीक क्षेत्रमा करिव दैनिक १० लाख लिटरबाट दैनिक ५ करोड रुपैयाँ शहरको पूँजी गाउँ पु¥याउँदै गरीव विपन्न किसानहरुको आयआर्जनमा टेवा पु¥याउने काम गर्दै आएको संघले जनाएको छ ।