चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

२०८० बैशाख २५ गते प्रकाशित

तनहुँ– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याइएको हो ।

सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याइएको हो । जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए।

जिल्लामा कार्यान्वयनमा रहेका महत्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्यसम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

उनका अनुसार रु तीन करोड ८१ लाखको लागतमा भीमाद–१ र घिरिड–२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, रु एक करोड ८९ लाखमा शुक्लागण्डकी–९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, रु एक करोड १८ लाखमा भीमाद–५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ ।

त्यसैगरी रु एक करोड २९ लाखमा शुक्लागण्डकी–१० स्थित लोकदीटार सिँचाइ योजना, रु एक करोड २१ लाखको लागतमा देवघाट–१ स्थित बेसारघारी सिँचाइ योजना र रु ७९ लाख ४८ हजारको लागतमा भीमाद–७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए।

चितवन। चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम …