काठमाडौँ– आरजु राइस मिलले नयाँ स्वादका साथ बजारमा ल्यायो जिरा मसिनो र लङग्रेन चामल बजारमा ल्याएको छ । मोरङको बेलबारीमा स्थापना भएको आरजु राइस मिलद्धारा उत्पादित दुई किसिमका चामल पहिलो चरणमा काठमाडौंका लागि बजारमा ल्याइएको हो ।
बुद्ध एयरका सञ्चालक बीरेन्द्रबहादुर बस्नेतले मोरङमा स्थापना गरेको उक्त मिलले काठमाडौंमा विक्रिस्वरुप आरजु लङग्रेन चामल प्रति केजी १ सय ३० रुपैयाँ र जीरा मसिनो चामल एक सय रुपैयाँ किलोको दरमा २०र२० किलोग्राम प्याकमा काठमाडौं उपत्यकामा ल्याइएको छ ।
विदेशी चामल आयातमा भइरहेको बढ्दो व्यापार घाटा कम गर्ने तथा निर्वाहमुखी किसानको जीवन रुपान्तरण गर्ने उद्देश्य राखेर आरजु राइस मिलले नयाँ स्वाद र उपभोक्ताको चाहनाबमोजिम चामल उत्पादन गरी बिक्रि गरेको हो ।
यो मिलले मोरङका किसानले ४ हजार बिघामा उत्पादन गर्ने धान खरिद गर्दै त्यसलाई आरजु ब्रान्डमा बजारमा ल्याएको हो । यो कम्पनीले नेपाली किसानबाहेक अन्यत्रबाट धान खरिद नगर्ने जनाएको छ ।ुअहिले काठमाडौंमा ल्याएको धान नेपालमा उत्पादन हुने उत्कृष्ट लामो रामधान हो’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘यसलाई नै प्रशोधन गरी लङग्रेनमा ल्याइएको छ ।’
बस्नेतले बजारमा उपलब्ध हुने लङग्रेनको दाँजोमा यो कनिकारहीत, ०.५ मिलिमिटर लामो र स्वादिलो हुने बताए । यो कम्पनीले आउँदो सिजनमा बासमती चामल पनि बजारमा ल्याउने जनाएको छ । आरजु राइस मिललाई संचालकहरुले नेपालको एक मात्र पुर्ण स्वचालित मिल भनेका छन् । यसले वार्षिक २२ हजार टन धान प्रशोधन गर्न सक्छ । यो मिलमा चैते धान दैनिक २ सय ५० टन र अगनी धान ३ सय ५० टन सफा गरी सुकाएर भण्डारण गर्ने क्षमता छ ।