काठमाडौं– सरकारले रासायनिक मल कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले रासायनिक मल किसानलाई समयमै उपलव्ध गराइने दाबी गरे ।
स्वदेशमा नै रासायनिक मल उत्पादन कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरि कार्यान्वयनमा लगिने उनले बताए । उनले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहित गरिने उनले बताए ।