आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२०८० जेष्ठ १२ गते प्रकाशित

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले देशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत भएकाले त्यसबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आम उपभोक्ता समक्ष पु(याउँदै आएको सेवालाई अझ प्रभावकारी बनाउँदै …