काठमाडौं । आज जुन, ७ अर्थात विश्व खाद्य स्वच्छता दिवश । ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । खाद्य शुरक्षा र खाद्य अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले आज जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्र विभागले विश्व खाद्य स्वच्छता दिवश मनाउँदैछ । विभागले विश्व खाद्य स्वच्छता दिवशको अवसरमा जेठ २४ गते बिहान प्रभातफेरी कार्यक्रम गरेर राष्ट्रिय सभागृहमा मूल समारोह गर्दैछ । उक्त मूल समारोहमा कृषिमन्त्री डा. बेदुराम भुसालको प्रमुख आतिथ्यता रहनेछ ।