मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा किसानले फ्याँके टमाटर

२०८० असार ३ गते प्रकाशित

काठमाडौं– स्वदेशमा उत्पादनले मूल्य नपाएको भन्दै आइतबार कालीमाटी तरकारी बजार परिशरमा किसानले टमाटर फ्याँकेका छन् । कालीमाटी तरकारी बजारका किसान तथा व्यापारीले टमाटरको मूल्य नपाएको भन्दै सडकमा फ्याकेर विरोध गरे ।

बजारमा भाऊ नपाएको भन्दै किसानले टमाटर सडकमा फ्याक्न बाध्य भएका हुन । आक्रोशित किसानले कृषिमन्त्रीविरुद्ध नाराबाजी गरेका छन ।

कृषिमन्त्री मुर्दाबाद, राजीनामा दे जस्ता नारासहित किसानले टमाटर फ्याकेर प्रदर्शन गरेका हुन् । करिब १ हजार क्रेज टमाटर सडकमा फ्याकिएको थियो । प्रदर्शनमा सहभागी एक किसानका अनुसार, ५ रुपैयाँ प्रतिकिलोमा बिक्रि गरेर लगानी उठ्ने अवस्था नरहेपछि सडकमा फ्याकिएको बताए ।