काठमाडौं । कालो केशमा रेलिमइ गीतको म्युजिक भिडियोका मोडल राजन न्यौपानेले नयाँ गीत ुकेशै लर्क्यो डोरीलेु गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन । पश्चिम नेपालको विकट गाउँको सभ्यता र जनजीविकालाई भिडियोमा उतारीएको छ ।
ग्रामीण भेगमा खरले छाएका घरहरु, घर छाउन जानेसँग घरवालाकी छोरीसँग माया बसेको देखिन्छ । घर गाउँले बेलीचालिका शब्द यानीमाया, पानीघट्ट, मार्सी धान, मोरीलेजस्ता शव्दले बुनिएको गीत पनि पुरानै प्याटनको देखिन्छ ।
कम्मरमा कछाड बेरेर घरहरु छाउन गएको बेलामा माया बसेको कुरालाई कलात्मक हिसावले भिडियोमा उतारिएको छ । कालोकेशमा रेलिमइ गीतका मोडलद्वय राजन न्यौपाने र अल्का सुवेदीले नै भिडियोमा अभिनय गरेका छन् ।
अल्का सुवेदीलाइ परम्परागत पहिरनमा देख्न सकिन्छ । राजन न्यौपानेको स्वर, शब्द र संगीत रहेको भिडियोको निर्देशन भने सागर ज्ञवालीले गरेका हुन ।
म्युजिक भिडियोको छायांकन गुल्मीको हर्मिचौरको एक विकट गाउँमा गरिएको थियो । केन्द्र मोसन पिक्चर्सको आफ्नै युट्युव च्यानलमार्फत गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको हो ।
उक्त म्युजिक भिडियो रिलिज भएको ४ दिनमा करिव ३ लाखले युट्युव प्लाटफर्ममार्फत हेरिसकेका छन ।
हेर्नुस, म्युजिक भिडियो