काठमाडौं– असार १५ अर्थात २० औं राष्ट्रिय धान दिवश शुक्रबार कृषि अनुसन्धान परिषद्(नार्क)को कार्यालय खुमलटारमा मनाइने भएको छ ।
‘जलवायु अनुकुलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २० औं राष्ट्रिय धान दिवश देशभर मनाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्र्तगत कृषि विभागमातहतको वाली विकास तथा कृषि जैविक विविधता केन्द्रको मूख्य आयोजनामा हुने कार्यक्रम खुमलटारमा हुनेछ । जसमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भूषालले २० औं राष्ट्रिय धान दिवशको मूल समारोहको प्रमुख आतिथ्यता रहनेछ ।
असार १५ गते बिहान ७ बजे राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटार परिशरमा रोपाइँ हुनेछ । कृषिमन्त्री भुषालले पनि मेसिनबाट धान रोप्ने कार्यक्रम छ ।