काठमाडौं– राष्ट्रिय किसान सञ्जालअन्तगर्तका किसानका संघ संगठनले कालीमाटी तरकारी बजार परिशरमा धर्ना दिएका छन् ।
कालीमाटी तरकारी तथा फुलफुल बजार विकास समितिले बिना प्रतिष्पर्धा पुरानै व्षापारीलाई सटर र स्टल नविकरण गर्ने निर्णयविरुद्ध सञ्जालले धर्ना दिएको हो ।
सोमबार समितिको कार्यालय अगाडी १ घण्टा लामो धर्ना कार्यक्रममा करिब ३०० जनाको उपस्थिती रहेकोे थियो । धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने सञ्जालले जनाएको छ । भोली मंगलबार पनि ठिक ११ बजेदेखि सोही स्थानमा धर्ना कार्यक्रम गर्ने जनाएको छ ।