व्यवहारिक ज्ञानको उत्कृष्ट गन्तव्य बन्दै नियाना मन्टेश्वरी, छोटो समयमा अभिभावकको मन जित्दै

२०८० श्रावण २१ गते प्रकाशित

काठमाडौं । भक्तपुर चागुनारायण नगरपालिका–७ खरिपाटीमा सञ्चालित नियाना किन्डरगार्टेन प्रि–स्कुल साना नानीबाबुहरुको उत्कृष्ठ सिकाईको केन्द्र बन्दै गएको छ । साढे २ वर्षअघि स्थापना भएको सो मन्टेश्वरीमा पी.जी., नर्सरी, एल.के.जी र यु.के.जी सम्मका साना नानीबाबुहरुले पढ्दै आएका छन् ।

स्थापनाकालमा एक जनाबाट सुरु भएको सो मन्टेश्वरीमा क्रमशः बालबच्चा थपिन थाले । सस्तो शुल्क र पारिवारीक रुपमा बालबालिकासँग खेल्दै सिक्दै गर्ने अवधारणा अनुसार मन्टेश्वरीमा हाल ६२ जना बालबच्चा पढ्छन् ।

छोरी नियाना खड्काबाट पहिलो पटक पढाइ सुरु गरिएकाले मन्टेश्वरीको नाम पनि नियानाकै नामबाट राखिएको मन्टेश्वरीकी प्रिन्सिपल सविता खड्का बताउँछिन् ।

व्यवहारिक रुपमा अनुभवी शिक्षक शिक्षिका र प्रविधिको माध्यमबाट बालबालिकालाई पढाउने गरिएको खड्का बताउँछिन् । भएको पाठ्यक्रममै रहेर व्यवहारिक ज्ञानलाई प्राथमिकता दिइएको उनले बताइन् ।

त्यतिमात्र होइन, मन्टेश्वरीले आर्थिक रुपमा विपन्न अभिभावकका बालबच्चालाई विशेष प्राथमिकता दिएर भर्ना गर्ने गरेको छ । ‘सस्तो शुल्कमा गुणस्तरीय सिकाइ र बालवच्चालाई खेल्दै सिक्दै गर्ने गरी पारिवारीक रुपमा हामीले पढाउँछौं ।’ खड्काले बताइन ।

मन्टेश्वरीले छोटो समयमै धेरै अभिभावकको मन जित्न सफल भएको छ । साना नानीबाबुको उज्जवल भविष्य निर्माणका लागि व्यवहारिक ज्ञानमा जोड दिने गरेको खड्काको भनाइ छ ।

मन्टेश्वरीले भक्तपुर क्षेत्र आसपास जस्तै सुडाल, सुर्यविनायक, भत्केकोपाटी, सल्लाघारी, सुविधानगरलगायतका क्षेत्रबाट बालबच्चालाई ल्याउने गरेको छ । बालबच्चालाई लिन र पुर्याउन मन्टेश्वरीको आफ्नै भ्यान छ । जहाँ २५ जनाभन्दा बढी बालबच्चालाई मन्टेश्वरीसम्म ल्याउन सहज भएको छ ।

१८ महिनादेखि ७ वर्षसम्मका सबै उमेरसमुहका बालबच्चाले अध्ययन गर्दै आएका छन् । भविष्यमा अहिलेका मन्टेश्वरीलाई थप विस्तार गर्दै कक्षा ५ तहसम्म पुर्याउने लक्ष्य रहेको खड्काले बताइन् । उनले एक वर्षभित्र मन्टेश्वरीमा १०० जनाभन्दा बढी बालबच्चा पुर्याउने लक्ष्य रहेको बताइन् ।

यता, संस्थाका प्रवन्ध निर्देशक कपिल खड्काले मन्टेश्वरीका गतिविधिलाई थप व्यवस्थित र मर्यादित बनाउँदै लगिने बताए । मन्टेश्वरीका शिक्षक शिक्षिका र बालबालिकाको वृत्ति विकासमा थप व्यवस्थित गरिने उनले बताए । मन्टेश्वरीले बालबच्चाको संख्यात्मक वृद्धि भन्दा गुणात्मक तथा सिर्जनशीलतामा जोड दिँदै गएको खड्काले बताए ।