काठमाडौँ– उसिना चामल निर्यातमा भारतले २० प्रतिशत कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले सो कर लगाएको हो ।
भारतको वित्त मन्त्रालयले शुक्रबार नै सूचना सार्वजनिक गर्दै अक्टोबर १६ सम्म यस्तो कर लगाइएको जनाएको हो । शुक्रबारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ ।
यो निर्णयले नेपालसहित भारतबाट उसिना चामल आयात गर्ने मुलुकमा मूल्य बढ्ने अनुमान छ ।