काठमाडौं– आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म नाडा अटो–शो २०२३ को आयोजना गरिने भएको छ। नाडा अटोमोबाइल्स एसिएसन अफ नेपालद्धारा काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा नाडा अटो–शो हुने भएको हो।
विद्यमान बजार सुस्ततालाई चिर्दै बजारलाई थप चलायमान बनाउन प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। आर्थिक सुस्तताले अटोमोबाइल व्यवसायीमा नकारात्मक प्रभाव पर्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तिय योजनामा समेत असर पुगेको अवस्थालाई मध्यनजगर गर्दै अर्थतन्त्र चलायमान गराउन नाडा अटो–शोको आयोजना गरिएको हो।
टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजजित उक्त शो नेपालको महान चाडपर्वहरुको पूर्वाधमा आयोजना गएकाले यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई उत्साहपूर्वक सहभागीता गराउने विश्वास लिएको नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष धु्रवबहादुर थापाले बताए।
कोरोना महामारीलगायतका कारणले विगत डेढ वर्षदेखि रोकिएको नाडा अटो–शोले अहिलेको आर्थिक सुस्ततालाई चलायमान बनाउने अपेक्षा रहेको बताए।
उनले अटोमोबाइल्सको कारोबार चाडपर्वको पूर्वसन्ध्याका २ महिना९भदौ र असोज० मा ४० प्रतिशत सम्म कारोबार हुने बताए। अन्य १० महिनामा ६० प्रतिशत मात्र गाडी तथा सवारीको कारोबार हुने गरेको उनले बताए।
नाडा अटो–शो आयोजना गर्नका लागि नेपालमा अन्र्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल नभएको उनले बताए। भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा स्पेस कम र पार्किङको समस्या भएको उनले बताए।
‘नाडाको प्रदर्शनी गर्न अन्र्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल हामीकहाँ छैन। जहिले पनि भृकुटीमण्डप गर्नुपर्ने बाध्यता। भृकुटीमण्डपमा एक त पार्किङ र स्पेसको अभाव छ। अर्कोतर्फ त्यो अन्र्तराष्ट्रियस्तरको पूर्वाधार पनि छैन्’ उनले भने, ‘सरकारले अन्र्तराष्ट्रियस्तरको प्रदर्शनीस्थल नबनाइदिँदा समस्या भएको छ।’
प्रदर्शनी आयोजना गर्नका लागि विगतका वर्षहरुमा भन्दा यसपटक बैंक तथा वित्तिय संस्थाहरुबाट राम्रो सहयोग प्राप्त भएको उनले बताए। विभिन्न ९ वटा बैंक तथा वित्तिय संस्थाहरु प्रदर्शनीमा आवद्ध भएका छन।
६ दिनसम्म चल्ने प्रदर्शनीमा ठूला र साना गरी करिब १२० वटा स्थल रतथा ब्लकहरु रहनेछन। प्रदर्शनीमा अन्र्तराष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागीता समेत रहने आयोजकले जनाएको छ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुइ पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कर्मशियल भेहिकल, ९ वटा बैंक तथा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागीतामा हुनेछ।
प्रदर्शनीमा अवलोकनकर्ताको सुविधालाई विशेष ध्यानमा राखी २ पाङ्ग्रे, ४ पाङ्ग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुको छुट्टाछुट्टै प्रदर्शन गरिनेछ। प्रदर्शनीस्थलमा सजिलै आवागमन गर्नका लागि आयोजकले काठमाण्डु मल, सैनिक कल्याणकारी भवन र बस पार्क भ्यूटावरलगायतका ठाउँमा सार्वजनिक पार्किङको व्यवस्था मिलाएको छ।
प्रदर्शनीमा सहभागी हुन २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। विद्यार्थीलार्य कार्डका आधारमा छुट गरि १५० रुपैयाँमा प्रवेश शुल्क कायम गरिएको छ भने अग्रिम अनलाइन टिकट खरिद गर्न खल्ती एप्सद्धारा पनि शुल्क भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ।
नाडा अटो शोमा लगभग ७५ हजार आगन्तुकहरुले अवलोकन गर्ने र करिब २० अर्बमाथिको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।