आठ सयले बढ्यो सुनको मूल्य

२०८० भाद्र १३ गते प्रकाशित

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार चार सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिक्षेत्रका प्राथमिकता अध्ययन गरेर कार्ययोजना …