काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण सुचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।
भोलि के.थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै, वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने प्राधिकरणले जनाएको छ ।
![](https://krishipana.com/wp-content/uploads/2023/09/NEA-1693531926.jpg)