नाडा अटो शो–२०२३ को आकर्षणः यी ब्रान्डका गाडी तथा पार्टपुर्जा देख्न पाइनेछ

२०८० भाद्र १५ गते प्रकाशित

काठमाडौं। आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म हुने नाडा अटो शो २०२३ को तयारी अन्तिम चरणमा छ । उक्त नाडा प्रदर्शनीमा मेड इन नेपाल ब्रान्डका गाडी देखि अन्र्तराष्ट्रिय लुब्रिकेन्टदेखि हेलमेटसम्म प्रदर्शनीमा देख्‍न पाइने भएको छ। अघिल्ला नाडा अटो शोहरुमा नेपालका उत्पादन सायदै देख्‍न पाइन्थ्यो।

यसका लागि नाडासँग स्टलहरु बुकिङ भइसकेका छन्। त्यही अनुसार उनीहरु प्रर्दशनीका लागि भरपुर रुपमा तयारी गरिरहेका छन्। खासगरी, नेपालमा उत्पादन हुने हेलमेट यती ब्रान्डले पनि सहभागिता जनाउने भएको छ। मयुर स्टिल इन्ड्रस्ट्रिजको नेपालमा उत्पादन हुने यती ब्रान्डको हेलमेट नाडा अटो शोमा सहभागी हुँदैछ।

यो कम्पनीले लेगगार्ड पनि नेपालमा नै उत्पादन गर्ने गरेको छ। बुटवलमा रहेको व्यावसायिक घराना आवास ग्रुपले हेलमेट तथा मोटरसाइकल लेगगार्ड उत्पादन गर्दै आएको हो। कम्पनीले गत दसैँबाट आफ्नो उत्पादन सुरु गरेको थियो। कम्पनीले हाफ, फुल तथा मोटोक्रस हेलमेटहरु उत्पादन गर्दै आएको छ।

यस्तै, नेपालमा सबै कच्चा पदार्थ ल्याएर हेलमेट उत्पादन गर्ने केपीआई हेलमेटले भने यो नाडा अटो शोमा सहभागिता जनाएको छैन। चार दशकको अन्तरालमा मुलुकमा एक दर्जन उद्योग खुलेका छन्। लगभग ६ अर्ब लगानीका उद्योगहरु स्थापना भएका छन्।

यस्तै, नेपालमा अहिले लुब्रिकेन्ट बजारमा नेपाली उत्पादनको हिस्सा ४० प्रतिशत छ। यसमा वार्षिक १२ अर्बको कुल व्यापारमा आयातितको ७ अर्ब र नेपाली उत्पादनको ५ अर्ब हिस्सा छ। चार दशकको अन्तरालमा मुलुकमा एक दर्जन उद्योग खुलेका छन्। लगभग ६ अर्ब लगानीका उद्योगहरु स्थापना भएका छन्।

अहिले एउटै कम्पनीले डेढ अर्बसम्मको व्यापार गर्ने गरेका छन्। यस्ता उद्योगहरु १५ करोडदेखि १ अर्बसम्म लगानीमा निर्माण गरिएका छन्।

उद्योगले कच्चा पदार्थ विदेशबाट ल्याएर लुब्रिकेन्ट तयार गरी बिक्री गर्छन्। स्वदेशी उद्योगका लुब्रिकेन्ट गुणस्तर राम्रो भएको उद्योगीहरुको भनाइ छ। अटोमोबाइलको बजार हरेक वर्ष बढ्दै गएकाले लुब्रिकेन्टको माग पनि बढ्दै जाँदा यो क्षेत्रका उद्योगका लागि अवसर बढेको व्यवसायीहरु बताउँछन्।

यस्तै, नेपालमा उत्पादन गरिरहेको नेपाल लुब आयल लिमिटेडको गल्फ लुब्रिकेन्ट पनि प्रर्दशनीमा सहभागी हुने भएको छ। साथै, पूर्वाअञ्‍चल लुब आयलको पनि पीएलओ ब्रान्ड नाडा अटो शोमा सहभागी हुँदैछ।

नेपाली बजारमा पूर्वाञ्‍चल आयलले पीएलओ, मेघा र स्टार लुब्रिकेन्ट उत्पादन गर्छ। यसको नेपाली बजारमा २० प्रतिशत र नेपाल ल्युब आयल लिमिटेडको २८ प्रतिशत हिस्सा छ।

प्रदर्शनीमा टोटल ब्रान्डको लुब्रिकेन्टको पनि सहभागीता हुनेछ। जसलाई लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ल्युब आयलले नेपालमा बिक्री गरिरहेको छ।

यस्तै, नाडा अटो शोको मुख्य प्रायोजक सिप्रदी अटो पार्ट्स टाटा मोटर्स जेन्युइन आयल पनि अटो शोमा मुख्य आकर्षण हुनेछ। साथै, बोस, युनोकल, आईटीआर, डकखाम्स, लिक्‍विमोली, हेला, मोटुल, पेट्रोनासहरु प्रदर्शनीमा देख्‍न पाइनेछ।

यसैगरी, हिट्को प्रालिको एटीएस एल्गीले सवारी ग्यारेजका लागि आवश्यक सबै उपकरण प्रदर्शनीमा राख्‍ने थलोको रुपमा नाडा अटो शोलाई नै छानेको छ। साथै यसको साई इन्जिनियर्स एण्ड फ्याब्रिकेटर्सले दुई पाङ्ग्रेको लागि आवश्यक इक्‍विपमेन्टहरु प्रर्दशनीमा राख्‍ने तयारी गरेको छ।

यस्तै, गुड डियल ट्रेडिङले पनि मानटेक ब्रान्डको ग्यारेजको लागि आवश्यक उपकरणहरु नाडा अटो शोमा प्रर्दशनीमा राख्‍न लागेको छ।

पौडेल इन्टरप्राइजेजले स्टुड्स एण्ड एसएमके ब्रान्डको हेलमेट प्रर्दशनीमा राख्‍न लागेको छ। एसडीआई अटोमोबाइल्सले गोइटिज र गाब्रियलको स्पेयर पार्ट्स, श्रेष्ठ कम्पनीको स्नाप अन मेटाफ्याब एण्ड एनेस्टीवाटाको वर्कशप उपकरण र मेसिनहरु, टाइम टु साइन नेपालको अटो केयर प्रोडक्ट्स र बाइकहरुको एक्सेसरिजहरु रहेका छन्।

यस्तै, हजुरलाई नमस्ते ट्रेड लिंकको यूएबी ब्रान्डको मेसिनरी, माइक्रोबिजको एक्सेसरिज, शिभ ओम शक्ति ट्रेडर्सको कम्पटेक ब्रान्डको कम्प्रेसर मेसिन, सत्यादीप इन्टरनेशनल टिमिको र कम्पो ब्रान्डको स्पेयर पार्ट्स र क्लिन एक्स नेपालको एमए.प्रा ब्रान्डको कार केयर प्रोडक्टहरु नाडा अटो शोमा देख्‍न पाइनेछ।