पशु सेवा विभागको महानिर्देशकमा डा. उमेश दाहाल

२०८० भाद्र १८ गते प्रकाशित

काठमाडौं– पशु सेवा विभागका महानिर्देशकमा डा. उमेश दाहाललाई नियुक्त भएका छन । यसअघि नेपाल लाइभस्टक इनोभेसन सेन्टर (एनएलएसआइपी)का प्रमुख समेत रहेका डा. दाहाललाई विभागमा सरुवा गरिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई विभागको जिम्मेवारीमा ल्याइएको हो । हालका पशु सेवा महानिर्देशक सम्झनाकुमारी काफ्लेलाई मन्त्रालयमा तानिएको छ ।