काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरे विगत तीन महिनादेखि मन्त्रालयमा अनुपस्थित हुँदै आएको खुलेको छ । मन्त्रालयका अनुसार गैरेले बिदा स्वीकृत गराइ लगातार ९० दिनभन्दा बढी समय आफ्नो पदाधिकार रहेको कार्यालयमा अनुपस्थित भएका हुन् ।
यस सम्वन्धमा मन्त्रालयले सूचना जारी गर्दै सहसचिव गैरेलाई कारण सोधेको छ । गैरे गत २०८० बैशाख २ गतेदेखि लगातार बिदामा बसेको मन्त्रालयले जनाएको छ ।
बिदा स्वीकृत नगराइ आफ्नो पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रहेका गैरेलाई निजामति सेवा ऐन, २०४९ दफा ६१(१) को खण्ड (६)को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय १ बमोजिम गर्नु नपर्ने, उचित, यथार्थ र पर्याप्त कारण केही भए ३५ दिनभित्र पेश गर्न आग्रह समेत गरेको छ ।