नेपालमा खेती गर्ने कृषक परिवार घट्दो, १० वर्षमा ९ प्रतिशतले घटे कृषक

२०८० भाद्र २१ गते प्रकाशित

काठमाडौं– नेपालमा खेती गर्ने कृषकको परिवार घटेको पाइएको छ । पछिल्लो वर्ष सार्वजनिक भएको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा कुल ६२ प्रतिशत मात्र कृषक परिवार रहेको पाइएको हो ।

जुन, पछिल्लो दश वर्षमा ९ प्रतिशतले कम हो । २०६८ को कृषि गणनाअनुसार नेपालमा कुल कृषक परिवार ७१ प्रतिशत थियो ।

fकृषि गणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषक परिवार रहेका छन् । उक्त परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेको पाइएको हो ।