काठमाडौं । सरकारले किसानलाई दिने अनुदानमा गैरकिसानले लाभ लिइरहेको पाइएको छ । पछिल्लो पटक सार्वजनिक गरिएको राष्ट्रिय कृषि गणना २०७८ अनुसार, सरकारी अनुदानको ठूलो हिस्सा गैरकृषकका हातमा पर्ने गरेको देखिन्छ ।
कृषि गणना २०७८ का अनुसार, कुल ४१ लाख ३० हजार ७८९ कृषक परिवारमध्ये ३ लाख ८ हजार ५१२ अर्थात ७.५ प्रतिशत कृषक परिवारले मात्र सरकारी अनुदान पाएको उल्लेख गरिएको छ । जसमा सरकारी अनुदान पाएकोमध्ये सबैभन्दा बढी १ लाख ४२ हजार ५७६ अर्थात ४६.२ प्रतिशत कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको जनाइएको छ ।