४.४ प्रतिशत किसानमा मात्र कृषि बीमाको पहुँच

२०८० भाद्र २१ गते प्रकाशित

काठमाडौं– सरकारले कृषि उत्पादकत्व वृद्धि र किसानलाई संरक्षण गर्ने गरी नीति नल्याउँदा कृषि बीमाप्रति किसानको आकर्षण बढ्न सकेको छैन् ।

पछिल्लो कृषि गणना २०७८ का अनुसार, कुल कृषक परिवारमध्ये १ लाख ८२ हजार ४४१ कृषक परिवारले मात्र बीमा गरेको पाइएको हो । जुन, कुल कृषक परिवारको ४.४ प्रतिशत मात्र हो ।

यसरी कृषि बीमा गरेकोमध्ये सबैभन्दा बढी १ लाख ५३ हजार ९६२ (८४.४) कृषक परिवारले पशुपालन कार्यका लागि बीमा गरेको पाइएको हो ।