कृषि विकास बैंकको नयाँ फिचरसहितको मोवाईल बैकिङ सिस्टम अपग्रेट

२०८० भाद्र २५ गते प्रकाशित

काठमाडौं– कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिदै डिजिटल्ली एडीबीएल भन्ने नाराका साथ मोवाईल बैकिङ सिस्टम अपग्रेट गरेको छ ।

यस बैंकका करिव पाँच लाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेस सहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।

भर्सन एडीबीएल स्मार्टमा मोवाईल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगिन गर्न सकिनेछ । बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्धती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको व्याजदर, कारोवार रकम तथा म्याटुरिटी डेट हेर्न सकिनेछ । त्यसैगरि विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोवार गर्न, मोवाईलके लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहिका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको छ ।

ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टमर इन्टरफेस सम्वन्धि व्यवस्था, बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोवाईल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने, डेविट कार्डको पिन विर्सेमा पुनः अनुरोध गर्न सकिने, चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने, वचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिने, रजिष्ट्रेशन गर्दाका वखतनै विभिन्न प्रश्नहरु सेटगरी मोवाईल बैंकिङ कारोवारलाई थप सुरक्षीत गर्न सकिने जस्ता सुविधाहरु ल्याएको छ ।

त्यसैगरि अन्य सुविधाहरुमा टु वे अथोरेशन गरी कारोवारको सुरक्षा गर्न सकिने, खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरण लगायत अन्य तुरुन्त भुक्तान सम्वन्धि फिचरहरु थप, बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने जस्ता व्यवस्था गरिएको बैंकले जनाएको छ ।