काठमाडौं । नेपाल कृषि मेशिनरी व्यावसायी संघ (नामिया) को नयाँ कार्यसमिति चयन गरकेको छ । नामियाको शुक्रबार पोखरामा सम्पन्न आठौं साधारणसभाबाट अध्यक्षमा कृष्ण शर्मा निर्विरोध निर्वाचित भए ।
त्यस्तै, उपाध्यक्षमा सुनिता नेम्हाफुकी, महासचिवमा अर्जुन लुइँटेल, सचिवमा गौरव श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी र सदस्यहरुमा राजेन्द्र जङ रायमाझी, गौतम महर्जन, सन्तोष कुमार श्रेष्ठ, रोशन प्रसाद ढकाल, सकल थापा, पुस्कल गिरि र हरि खरेल निर्वाचित भएका हुन्
अध्यक्ष, सचिव र कोषाध्यक्षमा सर्वसम्मत निर्णय भए पनि अन्य पदका लागि निर्वाचन गरिएको थियो । खेमराज कटुवालले पुनः अध्यक्षमा दोहोर्याउने निर्णय फिर्ता लिएसँगै अध्यक्षका दाबेदार शर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । नेपालमा नयाँ नयाँ कृषि प्रविधि, यान्त्रीकरण, सीप प्रदान गर्ने हिसावले नामियाले विगतदेखि नै महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।