काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा कायम भएको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९७ पैसा र बिक्री दर १६२ रुपैयाँ ७० पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५।१६ रुपैयाँर बिक्री दर ८५।५५ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९८रुपैयाँ ९३ पैसामा कारोबार गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ८९ पैसा कायम गरिएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५८ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८।३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।४६ रुपैयाँमा खरिदबिक्रीको अनुमति दिएको छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९।९५ पैसा विक्रीदर ४३१।८९ पैसा रहेको छ ।