काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले १० असोजमा कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको थियो ।
मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल तोकिएको छ । मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । कम्पनीले जारी पूँजी ७० करोडको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।