‘आइएमई पे’ ले ल्यायो ‘आइएमई पे डिजिटल दशैं तिहार’ योजना

२०८० आश्विन १४ गते प्रकाशित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आउदै गरेको महान पर्व दशैं , तिहार तथा छठलार्ई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ योजना सार्वजनिक गरेको छ।

असोज १४ गते देखी शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। भने अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्।

यससँगै आइएमई पेमार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताएका छन्।