मर्मतका लागि दुई दिन मनकामना केबलकार बन्द गरिने

२०८० आश्विन १४ गते प्रकाशित

काठमाडौँ । मनकामना केबलकार दुइ दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार दुई दिन बन्द हुने भएको हो ।

आउँदो १७ गते बुधबार र १८ गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।

केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुेरेण्ट भने नियमित सञ्चालन रहने छ । केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनस्सञ्चालनमा आउने छ ।