काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले आउँदै गरेको दसैं, तिहार र छठलाई लक्षित गरी ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ भन्ने उपहार योजना ल्याएको छ । यो योजना ६१ दिनसम्म चल्ने कम्पनीले बताएको छ।
यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना १ जनाले १ लाख रुपैयाँ, हरेक हप्ता ५ जनाले २५ हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ६१ दिन लगातार हरेक दिन १०० जना विजेताले ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली ग्राहकले आफूले पठाएको रकमको १० गुणा बढी पाउनेछन्।
यस अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ। यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्।
यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले उल्लेख गरेको छ।
घोषणा कार्यक्रममा चर्चित हाँस्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल पनि उपस्थित थिए।