मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १० गतेदेखि आइपीओ निष्कासन गर्ने

२०८० आश्विन १८ गते प्रकाशित

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आगामी कात्तिक १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेड ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओका लागि २४ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।