दसैंको अनलाईन टिकट बुकिङ असोज २२ गतेबाट खुल्ने

२०८० आश्विन १९ गते प्रकाशित

काठमाडौं । दसैंका लागि सार्वजनिक यातायातको अनलाईन टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी कर्मचारी र यातायात व्यवसायीको छलफलबाट असोज २२ गते दसैंको अनलाईन टिकट खुलाउने सहमति भएको हो ।

असोज २२ गतेदेखि दसैंको अनलाईन टिकट बुकिङ खुला गर्ने सहमति भएको यातायात व्यवस्था विभागको महानिर्देशक उद्धव प्रसाद रिजालले जानकारी दिए । उनका अनुसार, यातायात व्यवसायीहरु पनि असोज २२ गतेदेखि अनलाईन बुकिङ खुला गर्न सहमत भएका छन् । यसअघि यातायात व्यवसायीहरुले गाडीभाडा वृद्धि नभएको, सडक मर्मत नभएको र रुट पर्मिट नपाएको भन्दै अग्रिम टिकट बुकिङ खुलाउन चाहिरहेका थिएनन।

यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि गाडीहरु भाडामा लिएर सेवा दिने व्यवसायीहरुले बताएका छन्। दसैंका बेला बर्षेनी २० देखि २२ लाख यात्रुहरुले काठमाडौं छाड्ने गरेका छन्।