ललितपुर । दृश्य बहुउद्देश्यीय सहकारीले दुग्ध उत्पादक किसानहरु अनुदान वितरण गरेको छ । सहकारीले एक कार्यक्रमका बीच १०८ जना दुग्ध उत्पादक किसानलाई करिब १८ लाख २६ हजार ७६१ रुपैयाँ अनुदान रकम वितरण गरेको हो ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेश, हेटौंडा दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप लिटर अनुदान कार्यक्रमअनुसार उक्त अनुदान वितरण गरिएको हो । उत्तः कार्यक्रममा सहकारीका अध्यक्ष प्रल्हाद दाहालले अर्को वर्ष अझ योभन्दा बढी सहयोग गर्न लागि पर्ने बताए ।
‘सहकारीमा आबद्ध भएपछि सहकारीको निति नियम मान्न अनिवार्य हुन्छ । हामीले कति कमाइयो भन्नुभन्दा पनि कति बचाइयो भन्ने कुरा प्रमुख हो। आर्थिक अनुशासन भएन भने हामीले अरु जे नै राम्रो गरे पनि त्यसको कुनै महत्व राख्दैन ।’ उनले भने ।
आर्थिक वर्ष २०७८।७९ को प्राप्त भएकोले कार्यक्रम आयोजना गरि दुग्ध उत्पादक किसानहरुलाई लिटर अनुदान वितरण गरिएको सहकारीले जनाएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका सभापती, सहकारी महासंघका संचालक, नेप्सकुनका पूर्व अध्यक्ष डिबि बस्नेतको प्रमूख आतिथ्यता एवं सहकारीका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरका प्रमूख कृष्ण कार्की र ललितपुर महानगरपालिकाका कार्यबाहक अध्यक्ष कृष्ण महर्जन लगायत अनुदान प्राप्त गर्ने किसानहरु सहित करिव १२० जनाको उपस्थिति रहेको थियो ।