काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ सोमबारदेखि खुलेको छ । गत शुक्रबार सरकार र यातायात व्यवसायीबी भएको सहमतिअनुसार आज दसैंका अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको थियो ।
यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।
दसैंका लागि अग्रिम टिकट बुकिङ अनलाइनमार्फत पनि गर्न सकिने यातायात व्यवसायीहरुले बताएका छन् । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।