काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९० रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९७ रुपैयाँ २७ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७१ पैसामा कारोबार गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा खरिदबिक्री गर्न अनुमति पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८२ पैसा र बिक्री दर ९ रूपैयाँ ८६ पैसामा खरिदबिक्री हुनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.०९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा कारोबार हुनेछ ।
साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८६ पैसा तथा विक्रीदर ४३१.८० पैसा कायम भएको छ ।