४३ औं विश्व खाद्य दिवश मनाइने, पानीमा केन्द्रीत गर्दै प्रवद्र्धनात्मक कार्यक्रम गरिने

२०८० आश्विन २३ गते प्रकाशित

काठमाडौं– ४३ औं विश्व खाद्य दिवश भव्यताका साथ मनाइने भएको छ । खाद्य र कृषि संगठनहरुले जीवन र खाद्यको आधार हो पानी भन्ने मूल नाराका साथ यो दिवश मनाउन लागेका हुन् ।

खाद्य तथा कृषि संगठन(एफएओ)को सहकार्यमा कृषि विभागले खाद्य दिवशका खाद्य शुरक्षा र स्वच्छ पानीको महत्वलाई दर्शाउदै प्रचारात्म तथा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने जनाएको छ ।

कृषि विभागले मंगलबार पत्रकार सम्मेलन गरी ४३ औं खाद्य दिवशका अवसरमा राष्ट्रिय स्तरमा, प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।

निर्धारित कार्यक्रमअनुसार २०८० असोज २१ गते ४३ औं विश्व खाद्य दिवशसम्वन्धी जानकारीमूलक रेडियो कार्यक्रम प्रसारण गरिसकेको छ । असोज २५ गते भने प्रभातफेरी कार्यक्रम कृषि विभाग हुँदै जावलाखेल परिक्रमा गरी सोही बाटो फर्किने र मूल समारोह कृषि विभागको सभाहलमा आयोजना हुने जनाइएको छ ।

त्यसबाहेक दिवशको महत्व दर्शाउने टिभी टक शो प्रसारण, प्रधानमन्त्री पुष्पकमल दाहालको शुभकामना सन्देश प्रकाशन र कृषि मन्त्री बेदुराम भुषालको रेडियो सन्देश प्रसारण गर्ने कार्यक्रम तय भएको छ । नेपाली जलस्रोतको भावी योजना, सिँचाई वृद्धि, त्यसको समुचित कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्न दिवशले महत्वपूर्ण भूमिकका खेल्ने अपेक्षा आयोजकको छ ।

राष्ट्रिय स्तरमा विभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय गैरसरकारी संघ संस्थासँगको समन्वयमा ४३ औं विश्व खाद्य दिवश मूल समारोह प्रचार प्रसार, प्रभातफेरी, विशिष्ट व्यक्तित्वको मन्तव्य, नारामा आधारीत अन्र्तक्रिया , लेखरचना तथा अन्य विभिन्न प्रतियोगियता र विभिन्न विधाका उत्कृष्ट कृषकहरुलाई सम्मान एवं पुरस्कृत गर्ने, टेलिभिजन संवादजस्ता कार्यक्रम गरी मनाउने तयारी भएको हो ।

यसपालीको विश्व खाद्य दिवशमा पानीमा बढी केन्द्रीत रहेर कार्यक्रम आयोजना गरिएको कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले बताए ।

जीवन र खाद्यको मुख्य आधारका रुपमा पानीलाई सिँचाइ र खाद्य उत्पादनसँग जोड्ने भएकाले ४३ औं खाद्य दिवशका अवसरमा विभिन्न प्रचारप्रसार र प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनका अवसरमा केसीले बताए ।

खाद्य दिवश सबैको चासोको विषय भएकाले खाद्य शुरक्षा र सम्प्रभुताको दृष्टिकोणले पनि महत्वपूर्ण कार्यक्रम आयोजना हुने उनले बताए ।