आजको विदेशी मुद्राः डलरको भाऊ निरन्तर उकालो

२०८० आश्विन २७ गते प्रकाशित

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५५ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३.९५ रुपैयाँ र बिक्री दर ८४.३२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ १५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५९ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रूपैयाँ ८३ पैसा र बिक्री दर ९ रूपैयाँ ८८ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९।४७ पैसा र विक्रीदर ४३१।४२ पैसामा कारोबार हुनेछ ।