काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटरमा ११ र डिजेलमा ५ रुपैयाँ घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
भारतबाट आएको पेट्रोलको मूल्य स्वचालित प्रणाली हाललाई यथावत राखी चाडपर्वका बेला उपभोक्तालाई हितमा राखी पेट्रोल र डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।